२०८१ पुष २८ गते सोमवार

अध्यक्षमा प्रकाश कटुवाल निर्विरोध निर्वाचित महिला सदस्यमा सुमि श्रेष्ठ सबै भन्दा धेरेै मतले निर्वाचित



३०बैशाख,

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटुवाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १८औं वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशनबाट गायक तथा सर्जक कटुवाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

संघमा कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसमा वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती र उपाध्यक्षमा रमेश दुलाल, कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै नयाँ कार्यसमितिको महासचिवमा विनोद ढकाल, सचिवमा दिनेश डाँगी सहसचिवमा स्मृति गौतम, सविन चौहान र कोषाध्यक्षमा गोविन्द गौतम निर्वाचित भएका छन् । यसैगरी महिला सदस्यहरूमा सुमी श्रेष्ठ। अत्याधिक मत लिएर विजय हुनुभएको छ। त्यस्तै महिला सदस्यहरूमै निरुता खत्री ,सुजता केसी निर्वाचित हुनुभएको छ राष्ट्रिय संगीतकर्मी सङ्घको महाधिवेशन २८ र २९ गते दुई दिन लगाएर सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार