
दाङ । १९ यहि बैशाख २९ गते तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा एमालेले उम्मेद्वार उठाउने भएको छ ।
नेकपा(एमाले)को तर्फबाट अहिलेका बर्तमान अध्यक्ष रामप्रसाद चालिसेको नेतृत्वमा निर्वाचनमा जाने सर्वसम्मत निर्णय भएको एमाले नेता माधब वलिले बताए । कांग्रेसमा नेतृत्वका लागि ब्यबसायीहरुको बिचमा भइरहेको दाबीलाई मध्यनजर गर्दै एमाले एक ढिक्का हुँदै चालीसेको नेतृत्वमा जाने निर्णय गरेको हो । उबासंघको चुनाबले तुलसीपुर बजारको माहोल एकाएक तातेको छ ।
प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार