२०८१ बैशाख ३१ गते सोमवार

गुल्मीमा मलामी बोकेको जिप दुर्घटना, १ जनाको मृत्यु, १२ घाइते



दुर्घटनामा ७५ वर्षका मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

रुद्रवेणीबाट मलामी लिएर लिम्घा तर्फ फर्किरहेको लु १ च ४३२० नम्बरको पिकअप जिप गएराति सत्यवती गाउँपालिका वडा नम्बर–४ मौरीओडारमा दुर्घटना भएको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा १२ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार