२०८१ चैत्र १ गते आइतवार

दाङको तुलसीपुर स्थित तुलसी बाल अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु



दाङको तुलसीपुर स्थित तुलसी बाल अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि आफन्तहरु आक्रोसित भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार सल्यान कालिमाटी गाउँपालिका–२ का डिल्ली बहादुर वलीको ५३ दिनको छोरा आयुष वलीको उपचारकै क्रममा मृत्यु भएको हो ।

बालकको मृत्यु भएपछि अवरोध भएको हो । पीडित र अस्पतालबीच यस विषयमा छलफल भइरहेको छ ।

शिशुको दिमाग, रगत र मुटुमा इन्फेक्सन भएकाले उपचारको अस्पताल ल्याईएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार