२०८१ जेष्ठ ६ गते आइतवार

केक काटेर गरियो ” आउदैछु ” गितको अडियो – भिडियो सार्बजनिक



बैशाक । अहिलेको समयमा देश छोडेर प्रदेशिने क्रम बढीरहेको अवस्थामा गायक तथा सर्जक निरज के. सि अर्थात जेस्ट ले सोही समसामयिक बिषयलाई उठाएर एउटा समाज मात्र नभएर सिङ्गो देशको समस्या र पीडा गित मार्फत दर्शाउन खोजेका छन । घर परिवार , वृद्ध बुवाआमा , आफ्नो गाउँठाउँ जन्मिएको भुमी छोडेर बिदेशीने रहर कस्लाई पो रहर हुन्छ र ? तर देशको राजनिती अस्थिरता , क्षेमता अनुसार को जागिर नपाउदा , नातावाद -कृपावादको बढी मान्यता हुदा देशका युवाहरु आफ्नो भविष्य खोज्न, साहुको ऋण तिर्न , आमाबुबाको सपना पूरा गर्न प्रदेशिरहेको देख्न सकिन्छ – यस आउदैछु गितका निर्देशक तथा सम्पादक वसन्त राना बताउछन् । यस “आउदैछु” गितका गायक तथा सर्जक निरज के. सि अर्थात जेस्ट हाल अस्ट्रेलियामा प्रचार -प्रसार कै काम व्यस्त छन् । अनले दर्जनौं हिपहप बिधाका गितहरु रचना गरेका छन् भने उक्त गीत उनको आफ्नै अफिसियल युटुब च्यानल (Zest Official ) मा हेर्नसक्नु हुनेछ । “आउदैछु” गितमा मुख्य भुमिकामा अर्जुन रोका मगर, अस्मिता खड्का ,देवेन्द्र के. सि , निशा मगर ,बिजय मल्ल , पर्शुराम पुन , निरज के. सि ईत्यादी रहेका छन् । यस गितलाई सफल बनाउन सन्दिप गौतम , सुशान्त मल्ल ,जेम्स धिताल , अशोक शर्मा , कर्मा प्रोडक्सन , आदि को ठूलो भुमिका रहेको छ । “आउदैछु” गितको निर्देशन र सम्पादन बसन्त रानाले गरेका हुन भने छायांकन महेश कुसुमिया ( Creative Photo & Videography ) ले गरेका हुन

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार