तुलसीपुर / तुलसीपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि वैशाख २९ गते निर्वाचन हुने भएको छ ।
संघको तुलसीपुरमा बसेको बैठकले वैशाख १५ गते २९ औं साधारणसभा तथा अधिवेशन र आगामी नेतृत्व चयनका लागि २९ गते निर्वाचन गर्ने निर्णय गरेको बताएको छ। बर्तमान समितिको म्याद ३ फागुनमा सकिएको छ । र संघमा प्रत्येक तीन/तीन बर्षमा नयाँ नेतृत्व चयन हुन्छ ।
प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार