वीरगञ्ज । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो साता बुधवार यता लगातार बढिरहेको सुनचाँदीको मूल्यमा आइतबार कुनै घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २९ हजार चार सय रुपैयाँ कायम छ। सुन गत शुक्रवार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
अघिल्लो साता सुनको मूल्य लगातार दुई दिन बिहीबार र शुक्रवार कीर्तिमानी बिन्दुमा पुगेको थियो। यो साताको पहिलो दिन आइतबार भने सुनको मूल्य उच्च बिन्दुमै स्थिर रहेको हो ।
महासङ्घका अनुसार चाँदी आज प्रतितोला एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार