२०८२ बैशाख ५ गते शनिवार

सल्यानमा झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला परेकि छन।



शिद्धकुमाख गाउँपालिका -४ चाँदेकरन्जी घर भई हाल शारदा नगरपालिका -१ तल्लो पेट्रोल पम्प नजिकै कोठा भाडामा बस्ने अन्दाजि १७ वर्षिय बिन्दु खड्का झुन्डीएको अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

खडका आफु कोठा गरेर बस्ने घरको छतमा काठले घेरवार गरी बनाइएको अस्थायी भान्सा कोठामा काठको बलोमा आफ्नै सलको पासोमा झुन्डीएको अवस्थामा मंगलबार बिहान करिब ८ बजेति फेला परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले बताए।

उनी कक्षा ८ मा अध्यनरत थिइन्। अहिले घटना स्थालमा प्रहरी निरीक्षक धमलाकाे टाेली घटनास्थलमै छ। शवकाे मुचुल्का उठाउने र शव पोष्टमाटमको लागि लिने तयारी भईरहेको प्रहरीले गरेको छ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार