
२७ माघ, घोराही-
लोकदोहोरी गायिका ज्योति मगरले घोराही–१५ झिगौरामा जारी ‘लम्बिनी प्रदेशस्तरीय दाङ एक्सपोको शनिबारको दिन दर्शकहरुलाई आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेकी छिन । शनिबारको अपरान्नहसम्म ज्योति मगरले आफ्नो प्रस्तुती मार्फत हजारौं दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेकी हुन ।
अन्य लोकदोहोरी कलाकार भन्दा फरक शैलीमा स्टेजमा प्रस्तुत हुने ज्योती मगरले विशेष गरी युवाहरुलाई केन्द्रित गरी आफ्नो प्रस्तुती प्रस्तुत गर्दा महोत्सव स्थलमा युवाहरुको जमात उल्लेख्य मात्रामा देखिन्थे । सटिक र व्यंग्यात्मक भनाई राख्दै आफ्नो प्रस्तुती देखाएकी उनले दर्शकको वाहवाह पाएकी छिन् ।
झण्डै आधा दर्जन गीतहरु मार्फत पौने घण्टा प्रस्तुती राखेकी मगरको प्रस्तुतीले ६ बजे सम्म दर्शकहरुले एक्सपोमा सहभागी दर्शकहरु कार्यक्रम स्थलमा बस्न बाध्य बनेका थिए ।
यस्तै, गायक गोपाल नेपाल जिएमको गीतमा युवायुवती छमछमी नाच्दै रमाईलो गरेका थिए । एक्सपोमा दिनहुँ जसो दर्शकको घुइँचो बढ्दै गएको देखिन्छ । दर्शकलाई थप मनोरञ्जन गराउन प्रत्येक दिन प्रत्यक्ष लाईभ दोहोरी गीत र नृत्य प्रतियोगितापनि संचालन भैरहेको छ ।
‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँघर सम्म व्यवसाय विस्तार ’ भन्ने मुलनाराका साथ एक्सपो सञ्चालन गरिएको हो ।
स्थानीय उत्पादनले बजार नपाइरहेको वर्तमान सन्दर्भमा यस्ता मेला महोत्सवले उत्पादित वस्तुको बजारीकरणमा योगदान पु¥याएको अध्यक्ष अग्रवालले बताए ।