माघ ५ चन्द्र सूर्य मिडिया एण्ड मुभी मेकर्स प्रा लि दाङले कलाकारको खोजीका लागि तुलसीपुरमा अडिसन राख्ने भएको छ । प्रालिले नेपाली कथानक चलचित्र निर्माण गर्न लागेको हुँदा यही माघ ५ र ६ गते तुलसीपुरको ( ख ) लाइनस्थित ह्याच ट्याग रेष्टुरेन्ट एण्ड लजमा अडिसन राखिएको आयोजकहरूले जानकारी दिएका छन् ।
निर्माण गर्ने भनिएको चलचित्रका लागि २० देखि ३० वर्ष उमेर समुहका चार पुरुष र चार महिला कलाकार छनोट गर्न अडिसन गर्न लागिएको पनि जानकारी दिइएको छ । आयोजक मध्यका देवेन्द्र बिक र प्रमोद कँडेलले त्यस्तो जानकारी दिएका हुन ।
चन्द्र सूर्य मिडिया एण्ड मुभी मेकर्स प्रालिको अध्यक्ष अरुण श्रेष्ठ हुन । कलाकार छनोट भएको दश दिन भित्रै चलचित्रको शुभमुहूर्त गरिने आयोजक टिमका एक जनाले जानकारी दिए ।
प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार