२०८३ असार १८ गते शुक्रवार

बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश वादेलाई १५ लाख घुस सहित पक्राउ



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको अवस्थामा बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश वादेलाई नियन्त्रणमा लिएको छ
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग आज घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले वडा अध्यक्ष बादेलाई पक्राउ गरेको हो ।आयोगले अध्यक्ष बादेबाट सेवाग्राहीसँग लिएको १५ लाख रुपैयाँ, स्रोत नखुलेको दस हजार जापानी येन, एक सय अमेरिकी डलर र हुण्डाइ आइ टेन पनि बरामद गरेको छ ।चालक पदम बहादुर प्रधानलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार