माघ ४
एक सय पाँच के. जी. कुखुरालाई खाडलमा पुरेर नष्ट गरिएको छ।
भारतबाट अवैध रूपमा ल्याइएका बोइलर कुखुरालाई रौतहटको परोहा -७ नरकटिया स्थित रहेको सशस्त्र प्रहरी बल नेपाल सरमुज्वाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक धनेश्वर प्रसाद यादवको कमाण्डमा गएको टोलिले कुखुरा बरामद गरी नष्ट गरेको हो।
परोहा नगरपालिका वडा नंं ७ नरकटियामा दुईवटा साइकल र मोटरसाइकलमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा प्रहरीले एक सय पाँच के. जी. कुखुरा बरामद गरेको हो।
वर्डफ्लु रोग भित्रिएसँगै सरकारले भारतीय सिमापारीबाट पंक्षी तथा पंक्षीजन्य वस्तु आयातमा रोक लगाएको छ।
प्रहरीले कुखुरालाई बरामद गरे पनि कुखुरा ल्याउने व्यक्तिलाई भने नियन्त्रणमा लिएको छैन। यादवले कुखुरा तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा कुखुरा छाडेर भागेको उनले बताएका छन् ।
सो कुखुरा बरामद गरि गुल्ममा ल्याइ आज ८:२० बज्जेको समयमा विभिन्न ब्यक्ति , स्थानीय , सन्चारकर्मी , जनप्रतिनिधि हरुको उपस्थितिमा कुखुरालाई गुल्मको परिसर भित्र खाडल खनेर नष्ट गरिएको उनले बताए।