२०८२ बैशाख २९ गते मङ्गलवार

फरार प्रतिवादी प्रहरीद्धारा पक्राऊ



सोलु प्रहरीको सक्रियता बढेको अवस्था रहेको देखिन्छ । प्रहरीको “फरार प्रतिवादी पक्राऊ अभियान” अन्तर्गत ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बुबाट खटिएको प्रहरी टोलीले कस्तुरी मृगको चोरी शिकारी मुद्धाका फरार प्रतिवादीलाई पक्राऊ गरेको छ ।

कस्तुरी मृगको चोरी शिकारी गरेको मुद्धाका रु.२,९१,०००।- ( दुई लाख एकानब्बे हजार ) जरिवाना भएका सोलुखुम्बु जिल्लाको महाकुलुङ गा.पा.वडा नं.०२ का रमेश राई भन्ने रमेश कुलुङ राईलाई खोजतालस गर्ने क्रममा लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राईलाई कानूनी कारवाहीको लागि सम्मानित सोलुखुम्बु जिल्ला अदालत सोलुखुम्बुमा उपस्थित गराई तोकिएको जरिवाना भुक्तानको लागि कारागार कार्यालय सोलुखुम्बु पठाईएको जिल्ला प्रहरी कार्यालय शोलुले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार