
पुस २५ । सोलु प्रहरीको फरार प्रतिवादी पक्राऊ अभियान अन्तर्गत सोलु प्रहरीले बहुबिबाह र बन मुद्धाका २ जना फरार प्रतिवादीहरुलाई पक्राऊ गरेको जनाएको छ ।
बहुबिबाह मुद्धाका ११ महिना २२ दिन कैद भएका सोलुखुम्बुको सोलुदुधकुण्ड न.पा.वडा नं.०४ फाप्लुका ४२ वर्षीय दावा तामाङ र बन मुद्धाका १ महिना कैद र रु.२५००।–(पच्चिस सय) जरिवाना भएका महाकुलुङ गा.पा. वडा नं.०३ का २६ वर्षीय सुमन कुलुङ राईलाई खोजतालस गर्ने क्रममा गाँउघरमा नै लुकिछिपी बसेको अबस्थामा प्रहरी टोलीले पक्राऊ गरेको छ ।
पक्राऊ परेकालाई आवस्यक कानूनी कारवाहीको लागि सोलुखुम्बु जिल्ला अदालत सोलुखुम्बुमा उपस्थित गराई अदालतबाट तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय सोलुखुम्बु पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।
प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार