२० पुस,- थारु समुदायको महान पर्व माघीका अवसरमा तुलसीपुरमा प्रथम थारु सास्ंकृतीक तथा खाना महोत्सव २०८० हुने भएको छ । हिजो बिहिवार विभीन्न सरोकारवालाहरुको बिषेश बैठकले थारु समुदायको लोक सस्ंकृती परम्परालाई जगेर्ना गर्ने र उजागर गर्ने उद्धेश्यले सास्ंकृतीक कार्यक्रम आयोजना गर्न लागेको हो ।
महोत्सवमा सास्ंकृतीक कार्यक्रम संगै विषेशगरी आकर्षकका रुपमा थारु खानालाई प्रदर्शनीमा राखिने छ । थारु समुदायको भेषभुषा र स्थानीय उत्पादनलाई प्रचार गरीने गरि महोत्सव संचालन गरिने ग्रीन फाउण्डेसनका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
बैठकले यहि माघ ५ र ६ गते तुलसीपुर स्थीत अरनीको मैदानमा महोत्सव संचालन गर्ने नीर्णय गरेको छ । जसका लागि विभीन्न समीती उप समितीहरु गठन पनि गरियको छ ।
महोत्सवलाई भव्य रुपमा सफल पार्नका लागि मुल समीती संयोजकमा भागीराम चौधरी रहनुभएको छ । यस्तै सह संयोजकमा छवी चौधरी, सदस्य सचिवमा दिप्तीशिखा चौधरी, र सदस्यमा छवीलाल चौधरी रहनु भएको छ ।
यस्तै मत्तच ब्यवस्थापन समीतीको संगोजकमा टोप बहादुर घर्ती र सह संयोजकमा जित बहादुर खड्का रहनुभएको छ । यस्तै आर्थीक समितीमा भागिराम चौधरी, बिष्णु बहादुर के।सी,श्याम डांगी, छवी चौधरी र निर्मल आचार्य रहनुभएको छ ।
खाना ब्यवस्थापन समितीको संयोजकमा बसन्त आचार्य रहनु भएको छ । संचार संयोजकमा दिप्तीशिखा चौधरीलाई दिने निर्णय गरेको छ भने थारु सास्ंकृतीक समितीमा छवी चौधरी र खुसीराम चौधरी रहनुभएको छ