लापरावी गरेको भन्दै कपिलवस्तु अस्पतालका ३ जना कर्मचारी निलम्बनमा
डियुटीमा लापरवाही गरेको भन्दै कपिलवस्तु अस्पताल ईमजेन्सी फाटका ३ जना कर्मचारी निलम्बनमा परेका छन । गत पुस ३ गते मध्यरातमा ईमरजेन्सी फाटको बेडमा कुकुर सुतेको सामाजिक संजालमा भाईरल बनेको थियो । त्यही बिषयमा अस्पताल प्रशासनको सोमवार बसेको बैठकले घटनाको छानबिन पछि ३ जनालाई निलम्बनमा राखेको हो । २ जना अहेव र एक जना कार्यालय सहयोगी निलम्बनमा परेका हुन। कोही नभएको बेला बेडमा ५ मिनेट कुकुर बसेको थियो । अस्पतालमा रहेका सिसि क्यामेरा फुटेज चेक गरे पछि उक्त कुरा खुलको थियो । मेसु बिपिन जैसवालले लापरावही गर्ने ३ जनालई निलम्बन गरिएको बताए । अस्पतालमा लापरवाही गर्ने कसैलाई पनि नछाडिने उनले बताए ।
प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार