२०८१ चैत्र ७ गते शनिवार

आगलागीबाट एक घर जलेर नष्ट ।।।



विनोद मण्डल, पुस १९। सिरहाको धनगढीमाई ११ कदम चौक स्थित पंचा शाहको घरमा आगलागी भएको छ ।

पूर्व पश्चिम राजमार्गको आप चौक देखि करिब २०० मीटर उत्तरमा रहेको मुख्य सडकको पूर्वमा रहेको पन्चा शाहको घरमा आगो लागेपछि करिब ५० हजारको क्षति भएको आँकलन गरिएको छ ।

घर भित्र विद्युत मीटर जलेर नष्ट भएको छ भने घरभित्र राखिएको अन्य सरसामान जलेर पूर्णतया नष्ट भएको छ । स्थानियले घरमा धुँवाको मुस्लो देखेपछि हल्लीखल्ली भएको थियो ।

समयमा आएको बारुण यन्त्र र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

साझ करिब ४ बजे भएको आगलागीबाट ५० हजार मूल्य बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय धनगढीबाट उक्त ठाउँमा पुगेका प्रहरीले बताए ।

घरमा कसरी आगो लाग्यो भन्ने बारे केही नखुले पनि विद्युत सर्किट सट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ ।

समयमा आगो नियन्त्रण नभएको भए ठूलो क्षति हुन सक्ने स्थिति उक्त ठाउँमा रहेको थियो ।

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार