
अत्यन्तै दु:खद खबर !
बसको ठक्करबाट दुधरासमा एक विद्यार्थीको मृत्यु !
तुलसीपुर, १६ पौष ।
दाङको घोराही-तुलसीपुर सडकखण्डको दुधरासमा बसको ठक्करबाट एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।
तुलसीपुर बाट घोराही तर्फ जाँदै गरेको बसले जनकल्याण मा.वि दुधरासमा अध्ययनरत तुलसीपुर – १७ निवासी सागर चौधरीलाई बेलुका ४:३० बजेतिर ठक्कर दिएको हो ।
बसको ठक्करबाट स्कुल बाट घर फर्कदै गरेका चौधरीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुर पोख्रेलले जानकारी दिनुभयो ।
घटनापछि स्थानीयले बस तोडफोड गरेका छन् ।
प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार