विनोद मण्डल, पुस १६।सिरहाको कल्याणपुर नगरपालिकाको मेयर राम पुकार साह स्थानिय जनताको लागि कुनै किसिमको भरपर्दो विकास गरेको देखिदैन ।
चुनाबी मैदानमा रहेको बेलामा उनले आफ्ना घोषणा पत्रमा सारेका कुनै पनि योजना,एजेन्डा हालसम्म पूरा नगरेपछि आम जनता रुष्ट भएका छन ।
सामाजिक सञ्जालमा भेटिएका कल्याणपुर नगरपालिका बारेको जानकारी बमोजिम सरसर्ती हेर्दा ,
१. रिङ्ग रोड १२ वडा छुने गरी कालो पत्रे गर्ने । (भएको छैन)
२. सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराई वितरण गर्ने । (भएको छैन)
३. गरिब महिला सुत्केरीहरूलाई अस्पताल (Birthing center) सम्म
निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने । (भएको छैन)
४. किसानहरूको प्रमुख समस्या मल खाद्य, विऊ र सिचाई समयमा उपलब्ध गराउने ( ठोस भएको छैन )
५. शिक्षालाई प्रमुख प्रार्थमिकता दिई गुणस्तरिय शिक्षाको प्रत्याभूति हुने गरी व्यवस्थापन गर्ने । (केही सुधार छैन)
६. सुविधा सम्पन्न स्वास्थ्य चौकी तथा नगर स्तरिय अस्पताल निर्माण गर्ने । ( भएको छैन)
७. नगर भित्रका टोल, टोलको पोलमा लाईटको व्यवस्था गर्ने । ( अधुरो भएको )
८. निःशुल्क खाने पानीको व्यवस्था गर्ने ।( भएको छैन)
९ . समसान घाट र कब्रगाहको निर्माण गर्ने। ( भएको छैन)
१०. नगरभित्र रहेका मुख्य मुख्य पोखरी ताल तलैयाहरूलाई सौन्दर्यकरण गर्ने । (भएको छैन)
११. युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने । (भएको छैन)
१२. प्रत्येक ६/६ महिनामा नगरपालिकाको आय व्ययको प्रगति विवरण आम जनसमुदायको बिचमा प्रस्तुत गर्ने । (भएको छैन)
१३. शैक्षिक ऋणको व्यवस्थापन गर्ने । (भएको छैन )
१४. वडा स्तरीय कृषि सडक कालो पत्रे निर्माण गर्ने । ( नभएको )
१५. नगर स्तरीय, वडा स्तरीय सुरक्षाको हिसाबले ठाउँ-ठाउँमा सी सी क्यामराको व्यवस्था गर्ने। (भएको तर अधुरो )
समग्रमा नगरको रंगशाला ,बाटोघाटो लगायतको पक्षमा व्यापक कमजोरी रहेको यस पालिकाको हरेक क्षेत्रमा निकायको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।