पुस १५ ,,,,थर्ड आई नेपाल’ले तुलसीपुरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कालिका रक्तसञ्चार केन्द्र तुलसीपुरमा आज रक्तदान गरिएको बताएको छ । साे अवसरमा १४ जनाले रक्तदान गरेका थिए। तुलसीपुरमा रगत अभाब रहेकाले आफूहरुले उक्त कार्यक्रम आयोजा गरिएको उक्त संस्थाका सदस्य सुगम भण्डारीले जानकारी दिएका छन ।कुनै विरामी रगत नपाएर छट्पटाउने अबस्थामा आफूहरुको सानो सहयोगले पनि कसैको जीवन बच्न सक्ने भन्दै उक्त कार्यक्रम आयोजना गरिएको उनले बताए । उक्त संस्थाले यस्ता सामाजिक कार्य गर्दै आएको समेत सदस्य भण्डारीले बताए ।कार्यक्रममा अध्यक्ष बसन्त गिरी, सचिब सन्तोष लामिछाने,कोषाध्यक्ष रेसम बस्याललगायतकाे
उपस्थित भएका थिए
प्रकाशित मिति : २०८० पुष १५ गते आइतवार