नवलपरासीको पाल्हिनन्दनमा आज स्कुटर दुर्घटनामा परि १ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाल्हिनन्दन ३ बेलासपुर बस्ने ७० बर्षिय बिर्जु तेली गुप्ताको मृत्यु भएकाे हाे युपि ५६ एडि ३८२३ नम्बरको स्कुटर कुलोमा खस्दा मृत्युभएको जिल्ला प्रहरी कार्यालयका डिएसपि एबं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । बेलासपुरको भित्री सडकमा गुप्ता खेतमा मल लिएर जाने क्रममा अचानक चक्कर लाग्दा स्कुटर अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार