२०८१ असोज १ गते बुधवार

कपिलवस्तु विजयनगर ७ मा पूर्ण सरसफाई अभियान तीव्र, ९ ओटै सूचक पूरा गर्ने परिवालाई सरसफाई कार्ड वितरण



धर्मेन्द्र कुमार कुर्मी

कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ७ ले सरसफाई अभियानको दोस्रो चरणको अभियानलाई तीव पारेको छ । दोस्रो चरणको अभियानको पहिलो दिन बिहिबार छो–अमौली, परसोहियामा ५० घरधुरीमा अनुगमन गरिएको छ । पूर्ण सरसफाई कार्डको ९ वटा सूचक पूरा गर्ने परिवालाई सरसफाई कार्ड वितरण गरिएको वडाले जनाएको छ ।

अनुगमनका क्रममा शौचालय बनाएर पनि प्रयोग नगरेका तथा सरसफाई कार्डका ९ वटा सूचक पूरा नगरेका १० ओटा भन्दा बढी परिवारको सरसफाई कार्ड फिर्ता लिएको वडा अध्यक्ष दिनेश कुमार चौधरीले बताए । उनले सरसफाई कार्ड नभएका परिवारले कुनै पनि सेवा सुविधा वडा तथा गाउँपालिकाबाट नपाउने बताए ।

वडा नम्बर ७ का वडा अध्यक्ष दिनेश कुमार चौधरी, इलाका प्रहरि कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजाल, वडा सचिव बिमल पोख्रेल, खानेपानी तथा सरसफाई संयोजक अर्जुन बेल्बासे लगायत स्थानीयको उपस्थितिमा अनुगमन वडाले जनाएका छ

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार