पुस १३ । बागमती प्रदेश स्थित दोल्खा जिल्लाको बिगु गाउँपालिका वाडा नम्बर ८ खोपाचागुको स्वास्थ चौकीमा औषधि लगाएत आवस्यक सामग्रीको आभाव एकातिर रहेको छ भने अर्कोतिर त्यहाँ स्थित वालहरु भत्किएर जताभाबि हिँडडुलको बातावरण रहेको छ ।
स्थानियको प्रशासनिक कार्यका लागि उक्त ठाउँमा वाडा कार्यालय रहेता पनि आवस्यक सरसफाइको दृष्टिकोणले स्वास्थ्य चौकी पनि पछि परेको छ ।
दोल्खा जिल्लाको बिगु गाउँपालिकाको विभिन्न वडाहरुमध्ये सवभन्दा अस्तव्यस्त र ढिलासुस्ती भइरहेको वडा नं ८ खोपाचागुको शैक्षिक , स्वास्थ्य , सरसफाई लगायतको वातावरणीय पक्षमा यतिबेला कमजोरी देख्न सकिन्छ ।
स्थानिय चौकीमा डाक्टर लगाएत अन्य स्टाप भएपनि चौकीमा औषधि र अन्य कुनै सामग्री नभएको कारणले एकातिर कर्मचारीहरू दिनभरी बसेर आफ्ना समय बिताइरहेका छन् भने अर्कोतिर भौगोलिक रूपले विकट पहाडी जिल्लाको रूपमा रहेको उक्त ठाउँमा अति आवश्यक सामग्री नहुँदा स्थानिय जनता मारमा परेको छ ।
चौकी भित्र रहेका स्वास्थ्य सामग्रीहरू बिग्रिएको अवस्थामा रहेको कारण उपचारमा असहजता भइरहेको अवस्थामा सरकार र सरोकारवाला निकायको साथै पालिका यी दृश्य देखेर छट्पटाई रहेका छन ।
स्वास्थ्य चौकी वरिपरि भएको वाल भत्किएको अवस्था रहेको छ ।
स्वास्थ्य चौकी वरीपरी घास पलाई रहदा पनि ध्यान गएको छैन ।
जथाभावी हिडडुलका कारण उक्त क्षेत्रको वातावरणीय पक्षमा सीधा प्रभाव परेता पनि निकाय मौन दर्शक बनिरहेको छ ।