विनोद मण्डल, पुस १३ । पछिम नवलपरासीका प्रमूख जिल्ला अधिकारीले दुर्घटना भएको निर्माणाधीन नवलपरासी (वसुप) भटौलियास्थित टायल कारखानाको प्रमुख जिल्ला अधिकारी लगाएत सुरक्षा निकायको प्रमुख सहितको टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।
दुर्घटनाका क्रममा १० जना घाइतेमध्ये ८ जना डिस्चार्ज भएको छ भने अन्य २ जनाको अवस्था समेत सुधारोन्मुख रहेको जानकारी प्राप्त गराइएको छ ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीले दुर्घटनाको कारण तुरुन्त पहिचान गरी अगामी दिनहरूमा प्राविधिक त्रुटी नहुने गरी श्रमिकको सुरक्षाको समेत सुनिश्चित गरी काम अगाडी बढाउन सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन गरिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार