परासी ।
नापी कार्यलय पश्चिम् नवलपरासीका अमिन घुस लिएको भन्दै अख्तियारको फन्दामा परेका छन । जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका परेको थियो ।
निवेदनकाको आधारमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलिले अमिन गोविन्द ढकाललाई घुस लिईसकेको नगद रु ४ हजार रुपैयाँ सहित नियन्त्रणमा लिईएको हो। ढकाललाई उनकै कार्यकक्षबाट नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ । यस बिषयमा थप अनुसन्धान भैरहेको आयोगका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार