प्युठानको सरुमारानी गाउँपालिका-४ बड्डाडामा विङ्गर गाडी दुर्घटना भएको छ । आज
जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयाे ।छ
एकै परिवारका ७ जना सहित १४ जना यात्रु घाइते भएका छन् । जसमध्ये दुई जना गम्भीर घाइते हुनु भएकाे छ । गम्भीर घाइते हुनेमा शिवराज नपा-१, बस्ने बर्ष ५८ का अने सुनार, उहाँकी छाेरी बर्ष २० की साबित्रा सुनार रहनु भएकाे छ । उहाँहरूलाई भालुवाङमा समान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाईएकाे प्रहरी जनाएकाे छ ।
घाइते हुनेहरूमा साेहि ठाउँ निवासी बर्ष २१ का रिखे सुनार, बर्ष १५ का निमप्रसाद सुनार, बर्ष ३६ का बलबहादुर सुनार, निजकी श्रीमती बर्ष ३४ की संगिता सुनार, रूपन्देही जिल्ला गैडहवा गाउँपालिका-७, बर्ष ४७ का तीलबहादुर गिरी, निजकी श्रीमती बर्ष ४६ कि बिष्णुमाया गिरी, राप्ती गाउँपालिका-२, लालमटिया निवासी बर्ष ३५ की जानका आचार्य र घाेराही उप-महानगरपालिका-९, नारायणपुर निवासी भुमिराम उपाध्याय रहनु भएकाे छ ।
ठेगाना खुल्न बाँकी रहेका अन्य घाइतेहरूमा श्रृष्टि आलेमगर, निमप्रसाद खनाल, झग्गुप्रसाद न्याैपाने र श्याललाल न्याैपाने रहनु भएकाे इलाका प्रहरी कार्यालय भालुवाङले जनाएकाे छ । घाइतेहरू मध्ये केहीलाई थप उपचारका लागि बुटवल र भैरहवा पठाईएकाे छ भने केहीलाई भालुवाङमा समान्य उपचार पछि घर पठाईएकाे प्रहरीलेबताएको छ