विनोद मण्डल, पुस १०। सामाजिक कार्यमा विगत लामो समयदेखि लागिरहेका उमेश कुमार यादव लहान सिटी जेसीजकाे २२ औं साधारणसभा तथा शाखा अधिवेशनबाट अध्यक्ष पदमा छनौट भएका छन ।
बौद्धिकता, मिजासलु, स्पस्ट वक्ता र आम मानिसको समस्यालाई नजिकबाट बुझ्ने यादव प्याब्सन सिराहाका वरिष्ट उपाध्यक्ष समेत रहेका छन ।
सिरहाको लहानमा शैक्षिक वातावरण निर्माणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका यादव सिटी जेसीजको गरीमाय पदमा आसीन भएपछि समाजमा सकारात्मक प्रभाव परेको आभाष भएको छ ।
उनीसँगै कार्यसमितिमा उपाध्यक्षमा नित्यानन्द साह, बमचन्द चाैधरी, तालिम निर्देशक खुश्बू जैसवाल, PRO उपेन्द्र यादव, अंकित सारदा, शिवानन्द चाैधरी, प्रदिप यादव र शैलेन्द्र साह लगाएत पदाधिकारीहरु निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा देवन लाल ठाकुर, जिएलसी उमेश साह रहेका छन ।
प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार