विनोद मण्डल, पुस १० । सिराहा प्रहरीले आफ्ना टोलीसहित गाजा फडानी गर्दै उक्त गाजालाई आगो बालेर नष्ट समेत गरेको छ ।
गोप्य सूचनाका आधारमा धनगढीमाई नगरपालिका वडा नं.०८ चियाबारीटोलमा स्थानियहरुको खेतबारीमा लगाईएको गाँजाका बोटहरु प्रहरीको टोली पुगेर कटान गरेको छ ।
अ.प्र.पोष्ट कसहाका प्र.स.नि. यज्ञ बहादुर भट्टाराईको कमाण्डमा ६ जना र ईलाका प्रहरी कार्यालय सिरहाबाट प्र.ना.नि. शारदा शंकर साहको कमाण्डमा ९ जना गरी १५ जनाको प्रहरी टोलीले चियाबारीटोल स्थित विभिन्न व्यक्तिहरूको खेतबारीमा, करेसाबारी र आँगनहरुमा लगाई राखेको अ. ४/५ कठ्ठामा लगाएको अं. ३५०० देखि ४००० गाँजाको बोटहरु फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रकाशित मिति : २०८० पुष १० गते मङ्गलवार