२०८१ पुष २८ गते सोमवार

सरकारी गाडीले पर्खाल भत्काए, चालक फरार ।।।



विनोद मण्डल, पुस ९ । मदिराले मातेका चालकले दारु पाटी खाएर फर्किने क्रममा मधेश बिश्वविद्यालयको पर्खाल भत्काएको छ ।

विश्वविद्यालयको परिसरमा आयोजित रात्रिकालिन भोज कार्यक्रम सकेर पार्टीबाट अत्याधिक मदिरा सेवन गरेर सरकारी गाडीका चालकले मधेश बिश्वविद्यालयको प्राङ्गणको पर्खालमा गाडीले धक्का दिएका हुन् ।

मधेस प्रदेश – ०२ – ००१ झ – ००२३ नम्बरको सरकारी गाडीले धक्का दिएका पर्खाल एकातिर भत्किएको छ भने अर्कोतिर चालक फरार रहेको बुझिएको छ ।

मदिराले मातेका चालकले गाडी चलाएर विश्वविद्यालयको भित्रबाट गाडीले पर्खाल भत्काउदै बाहिर निस्किएको स्थानियलाई उद्दृद् गर्दै सामाजिक सञ्जालले जनाएको छ ।

दुर्घटनाबाट विश्वविद्यालयको मूल ढोकासँगै जोडिएको पर्खालमा क्षति पुगेको छ । सवारी चालक भने फरार छन् ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार