दाङ, ३ पुष । दाङको तुलसीपुरमा अवैध सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर ३ डाडाकुटीका २१ वर्षीय शेर बहादुर बिश्वकर्मा र सोही ठाँउका १९ वर्षीय रुपलाल बिश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि रामबहादुर केसिले बताए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले दिएको जानकारी छ तुलसीपुर बजारमा शंकास्पद रुपमा सुन विक्री गर्न हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट बिल कागजातहरु नभएका सुन जस्तो देखिने पहेलो धातुबाट बनेका हाईड्रोलकेट ६ थान, टिकटकमाला ८ थान, बेबी साईडहार ६ थान र औठी २४ वटा र १ तोला २ दशमलव ५ लाल सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सुनको मूल्य १ लाख २१ हजार ९ सय ७५ रुपैंया रहेको छ । पक्राउ परेका दुबै जनालाई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि बरामद गरिएको सामान सहित आजै राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाईएको प्रहरीले जनाएको छ बताएको छ ।
प्रकाशित मिति : २०८० पुष ४ गते बुधवार