२०८२ बैशाख ५ गते शनिवार

अम्बास सडकमा टिफर दुर्घटना



विनोद मण्डल, पुस १ । सिरहाको धनगढीमाई १४ को स्थानिय बाँझी गाँछीको निर्माणाधीन सडकमा गइरहेको टिफर सडकबाट करिब ६ मीटर तल खसेर दुर्घटना हुँदा चालक सहित अर्का एक सामान्य घाइते भएका छन् ।

स्थानिय निर्माणाधिन अम्बास सडकको निर्माण सामाग्री बोकेर दक्षिणबाट उत्तरतिर गइरहेको गाडी स्थानिय घुम्तीमा दुर्घटना भएको हो ।

स्थानियको सहयोगमा चालक र अर्का एक जनालाई वाडा नम्बर १३ को एम्बुलेन्स मार्फत उपचारका लागि अस्पताल लगिएको बुझिएको छ ।

प्रकाशित मिति : २०८० पुष १ गते आइतवार