२०८२ चैत्र १ गते सोमवार

लागू औषध सहित दुई जना प्रहरी नियन्त्रणमा ।।।



विनोद मण्डल, मंसिर २९ । सिराहा प्रहरीले लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं.०३ बसपार्क स्थितमा ईलाका प्रहरी कार्यालय बरियारपट्टीका प्र.ना.नि. बिरेन्द्र कुमार यादवको कमाण्डमा खटिएको गस्ती टोलीले लागु औषध सहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले पैदल यात्रीहरुलाई चेक जाँच गर्ने क्रममा लागु औषध फेला पारेको थियो ।

प्रहरीले धनगढीमाई नगरपालिका वडा नं. ०५ का २८ वर्षीय मिलन कुमार श्रेष्ठ र वडा नं.०४ का १९ वर्षीय अबिशेक यादवलाई शंका लागि चेकजाँच गर्दा लागु औषध फेला परेको थियो ।

लागू औषध फेला परेपछि दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट निम्न लागूऔषधहरू-
१.ALGIC 2 ML – १ पिस
२.IPPL 2ML – २५ पिस
३.PROMETHOZINE HYDROCHLORITE – २५ पिस
४.SNENIRAMINE MALEATE INJEDION 2ML- १० पिस
५.DIAZEPM 2ML- २७ एम्पुल
६.DISPOVAN – २ पिस

फेला पारेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २९ गते शुक्रवार