विनोद मण्डल, मंसिर २७ । सिरहाको धनगढीमाई नगरपालिकाले आफ्ना क्षेत्राधिकार भित्र रहेको सरे खोलाबाट गिट्टी, बालुवा, ढुङ्गा लगायतको वस्तुको लागि लगाएको ठेक्का जिल्ला वन कार्यालय लहान सिरहाले परिस्थिति नबुझेर स्थानिय निकायको क्षेत्राधिकार हडपेर चालक सहित केही गाडिहरु अनुसन्धानको नाममा नियन्त्रणमा राखेर दम्ब देखाइरहेको अवस्थामा तत्काल गाडीसहित सबै नगरलाई जिम्मा लगाउन बिजिप्ती मार्फत भनेका छन ।
जिल्ला वन कार्यालय लहानले स्थानिय धनगढीमाई १२ को खोरिया टोलबाट बालुवा, गिट्टी लिएर आउँदै गरेको ट्राक्तटर र चालकहरुलाई नियन्त्रणमा लिएका थिए भने जेसीविलाई रोकिरहेको अवस्थामा सर्रे खोलाको दक्षिणी किनारबाट उत्खनन् आरोपमा नियन्त्रणमा लिएको थियो ।
नेपालको संविधान २०७२ को अनुसूची ९ अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको अधिकारहरूको साझा सूचीको क्रम संख्या ७ मा रहेको व्यबस्था ” वन ,जंगल ,वन्यजन्तु , चराचुरुङ्गी , जल उपयोग ,बातावरण ,पर्यावरण तथा जैविक विविधता र क्रम संख्या ८ मा खानी तथा खनिज ” लगाएतका अधिकारहरू दिएको अवस्था रहेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा धनगढीमाई १२ र १३ मा रहेको सरे खोलामा स्थानिय आवस्यकता पूरा गर्नका लागि विधि प्रक्रिया पूगाई मापदण्ड अनुसार नगरको आम्दानीको श्रोतको रूपमा रहेको स्थानिय खोलाहरू नगरको स्थापना कालदेखि नगरले ठेक्का सम्झौता गर्दै आएको अवस्थामा अनुसन्धानको नाममा जिल्ला वन कार्यालय लहानले वरुण कन्स्ट्रक्सन का चालक सहित जे, सि,वि १ र ट्र्याक्टर ७ नियन्त्रणमा राखेर
दम्ब देखाउँदै आएको नगरको आरोप रहेको छ ।
अदुरदर्शिता बोक्दै हिडेका जिल्ला वन कार्यालय लहानले गत मंसिर १५ गते उत्खनन आरोपमा नियन्त्रणमा लिएको जेसिविको सम्बन्धमा मोबाईल संपर्क गरेर कार्यालय प्रमुख सुजित कुमार झालाई खुल्ला चौरमा रोकिराखेको जेसीवि किन नियन्त्रणमा लिएको भनी प्रस्न गर्दा ” तपाईं ढिलो आउनु भयो , हाम्रो स्टाफले उत्खनन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताउँदै गर्दा कुनै भिडियो भए हामीलाई दिनुस् म सार्वजनिक गर्ने भन्दै भनिरहँदा अनुसन्धानको विषय हो, यस बारे पछि बताउला भन्दै अधिकृत झा पन्छिएका थिए ।
त्यसैगरी मंसिर १५ गते धनगढीमाई नगरपालिका अन्तर्गतको खोरिया टोलबाट नियन्त्रणमा लिइएको ७ थान ट्रयाक्टर र एक थान स्काभेटर (जेसिबी) ईलाका वन कार्यालय धनगढीको नियन्त्रणमा राखिएको छ ।
चालकहरु धनगढीमाई ९ का मञ्जित यादव , वडा नंं ४ का रामकुमार यादव, वडा नम्बर १२ का पुरुषोत्तम यादव, रमण किशोर यादव, अरविन्द कुमार यादव,वडा नम्बर १० का इन्द्रजित महतो, बरियारपट्टी २ का सन्दीप कुमार महतो र नरहा २ का फूल कुमार यादव यतिबेला हिरासतमा रहेको बताइएको छ । सरे खोला विगतका वर्षहरुमा ठेक्का सम्झौता हुँदै आएको अवस्थामा जिल्ला वन कार्यालय मौन दर्शक बन्दै आएको अवस्था रहेको थियो तर यसपटक उनको वास्तविक क्षेत्राधिकार के कति हो ? वास्तविक पहिचान सार्वजनिक हुनु पर्ने हो तर ती सबै नहुँदा स्थानिय आवस्यकता समेत ओझेलमा परेको छ ।