२०८१ असार १२ गते मङ्गलवार

धनगढीमाई नगरपालिकामा अर्धबार्षिक परीक्षा कार्यक्रम सम्पन्न



विनोद मण्डल, मंसिर २४ । सिरहाको धनगढीमाई नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरूमा संचालित अर्धबार्षिक परीक्षा औपचारिक रूपमा सम्पन्न भएको छ ।

परीक्षालाई मर्यादित बनाउनका लागि नगरका शिक्षा शाखा प्रमुख हरी नारायण सिंहको महत्वपूर्ण भूमिका रहेको थियो ।

साखा प्रमुख सिंह नियमित परीक्षा अनुगमनका लागि नगरका सबै विद्यालयहरूमा पुगेर अनुगमन गर्दै परीक्षालाई मर्यादित बनाउनका लागि महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

समग्रमा सबै विद्यालयहरुको अर्धबार्षिक परीक्षा औपचारिक रूपमा सम्पन्न भएको छ भने धनगढीमाई १४ मा रहेको मदन भण्डारी माविमा संचालित अर्धबार्षिक परीक्षाको सञ्चालनको जिम्मा विद्यालय प्रशासनले विद्यालयमा कार्यरत शिक्षकहरुलाई दिएपछि परीक्षा अन्य वर्षको भन्दा मर्यादित रूपमा सम्पन्न भएको हो ।

विद्यालयमा कार्यरत मावि अङ्ग्रेजी शिक्षक भगवान दत्त शर्मालाई परीक्षाको संयोजकको जिम्मा दिएपछि परीक्षा अन्य वर्षको भन्दा यसपटक मर्यादित बनाउनका लागि शिक्षकहरू भगवान दत्त शर्मा ,योग बहादुर राउत लगाएत सबै शिक्षक शिक्षिकाहरुको महत्वपूर्ण योगदान रहेको छ ।

पूर्व निर्धारित समय अनुसार परीक्षा औपचारिक रूपमा सञ्चालन गरिनु , विद्यालयमा नियमित प्रत्येक विद्यार्थीहरुको नियमित चेक जाच हुनु , कक्षा कोठाको ब्यबस्थापन , सिट प्लानिङ लगाएतका विषयमा बढी ध्यान केन्द्रित गरी परीक्षा सञ्चालन गरिएको थियो ।

परीक्षा अवधिभर स्थानिय जनप्रतिनिधि ज्यूहरु, विद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु लगाएत प्रधानाध्यापक रेखा कुमारी राईले नियमित अनुगमन गर्दै आउनु भएको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २४ गते आइतवार