नायक विराज भट्टले भने नयाँ फिल्म,१२ गाउँ निर्माण र निर्देशन गर्ने घोषणा
विराजले निर्देशन गर्न लागेको नयाँ फिल्मको नाम ‘१२ गाउँ’ राखिएको छ । यो फिल्म पूर्णतया एक्सनप्रधान हुने निर्माणपक्षले बताएको छ ।
फिल्मको छायांकन मिति तय गरिएको छैन । यो फिल्ममा विराजले नै अभिनय गर्नेछन् । उनको साथमा फिल्ममा को–को कलाकार हुने फाइनल गरिएको छैन । तर, वुझिएअनुसार कलाकारहरू अडिसनबाट छनोट गर्ने तयारीमा विराज छन् ।
विराज भट्ट फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मले एक्सनमा नयाँ भाषा स्थापित गर्ने अपेक्षा गरिएको छ । विराजले यसअघि फिल्म ‘साङ्लो’ निर्देशन गरेका थिए । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गरेन । तर, फिल्मको एक्सन पक्षलाई भने दर्शकले मन पराएका थिए ।
नेपाली फिल्म क्षेत्रमा विराज भट्ट एक्सन स्टारको रुपमा परिचित छन् । विराज विगत डेढ दशकदेखि भोजपुरी फिल्म क्षेत्रमा पनि व्यस्त छन् ।








