२०८१ पुष २८ गते सोमवार

फरार अभियुक्त पक्राऊ।।।



सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं.०८ बडकी मझाऊ टोलमा लुकीछिपी बसिरहेको अवस्थामा आफ्नै बुहारी संगिता कुमारी दासको हत्या गरी फरार रहेका अभियुक्त अं. बर्ष ५१ को रामअशिष दासलाई फेला प्रहरीले पक्राउ गरेको छ ।

घटना विवरण:-
 मिति २०८०।०७।२७ गते अं. १९:०० बजेको समयमा जिल्ला सिरहा कल्याणपुर न.पा. वडा नं. ८ बड्की मझाउ स्थितमा ऐ.ऐ.बस्ने राजकिशोर दासको श्रीमती अं. बर्ष २७ की संगिता कुमारी दासलाई घरायसी बाद बिवादका कारण निजकै ससुरा रामअशिष दासले श्रीमान राजकिशोर दास मेला हेर्न गएको अवस्थामा निज संगिता कुमारी दासलाई धारिलो हतियार (बन्चरो) ले टाउकोमा प्रहार गर्दा निज संगिता कुमारी दासको घटना स्थलमै मृत्यु भएको थियो ।
 घटना पश्चात फरार रहेका अभियुक्त रामअशिष दास विरुद सम्मानित सिरहा जिल्ला अदालतबाट मिति २०८०।०८।०१ गतेमा पक्राउ पुर्जी जारी भएको अवस्थामा निज प्रतिवादीलाई ई.प्र.का. मिर्चैया, सिरहा र मातहत ई.प्र.का. कल्याणपुर, सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।
 निज प्रतिवादी रामअशिष दासलाई ई.प्र.का. मिर्चैया, सिरहामा ल्याई घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १३ गते बुधवार