२०८१ माघ २७ गते सोमवार

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु



बझाङमा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

लडेर घाइते भएकी बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सीता बागलाई उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बीचबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

बर्म खोली भन्ने जंगलमा घास काट्न गएकी सीता आज भिरबाट लडेर घाइते भएकी थिइन् । 

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार