२०८० फाल्गुन ९ गते बुधवार

बाईक दुर्घटनामा एक जनाको मृत्यु ।।



विनोद मण्डल, मंसिर ८ । सिरहाको भगवानपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आज बेलुका करिब ६ बजेको समयमा भएको दुर्घटनामा परी लहान नगरपालिका वडा १० का २९ वर्षीय दुर्गानन्द रामको घटनास्थलमै मृत्यु भएको हो ।

भगवानपुर गाउँपालिकाको वाडा नम्बर १ स्थित दुर्गा मन्दिर छेउको सडकमा भएको दुर्घटना स्थलमा तत्काल प्रहरी पुगी रामलाई लहान स्थित सप्तऋषि अस्पताल लगिएको थियो ।

बेलुका शुक्रबार करिब ६ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २-०१-००२ प ३९०६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ९ प ७०१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ८ गते शुक्रवार