२०८१ पुष २८ गते सोमवार

बाँके प्रहरीले एक व्यक्तिलाई गोली हानी नियन्त्रणमा



मसिर ०१

बाँके प्रहरीले एक व्यक्तिलाई गोली हानी नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका –११ का आकाशजङ्ग रानालाई शुक्रबार बाँकेको जानकी गाउँपालिका –४ बाट गोली हानी नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।

शाहलाई नियन्त्रणमा लिन खोज्दा भागेको हुनाले उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको डिएसपी डाँगीले बताउनुभयो । शाहको खुट्टामा एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको र उनको भेरी अस्पतालमा उपचार भइरहेको डिएसपी डाँगीले जानकारी दिनुभयो ।

शाहले कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय कृष्ण भनिने मीनबहादुर विकलाई बिहीबार बिहान साढे ३ बजेको समयमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका थिए । विकको नेपालगन्जमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनउ लगिएको प्रहरीले बताएको छ

प्रकाशित मिति : २०८० मङ्सिर १ गते शुक्रवार