विनोद मण्डल, कार्तिक ३० । भारतको दार्जिलिङमा भाइटीकाको दिन भर्याङबाट लडेर एक नेपाली युवाको मृत्यु भएको खबर प्राप्त भएको छ ।
कामको शिलशिलामा प्रवासीय जीवन बिताइरहेका करिब ३१ वर्षीय युवा उद्धव थामीले टिका थापेर उनी बस्दै आएको घरको भर्याङबाट ओर्लिने क्रममा उनको लडेर मृत्यु भएको बताइएको छ ।
दोलखाको विगु गाउँपालिका वाडा नम्बर ८ घर भई दारजिलिङमा विगत ७ बर्षदेखि बस्दै आएका उनका दाजुको करिब ८ वर्ष अगाडि दार्जिलिङमै एक पोखरीमा डुबेर मृत्यु भएको थियो ।
घरको एक मात्र छोराको रूपमा रहेको उनको मृत्युले उनका वृद्ध बुबा आमा बहादुरे थामिको घरमा बज्रपात परेको छ ।
नाबालक दुई सन्तानका बुबा रहेको युवकको मृत्युले अत्यन्त नाजुक आर्थिक अवस्थाका थामी परिवार ठूलो पीडा थपिएको छ ।
बुढेसकालका सहारा एक मात्र छोराको मृत्युको खबरले करिब ६५ वर्षीय बुबाको एकातिर सहारा खोसिएको छ भने अर्कोतिर नाबालक दुई सन्तानका मुखको आहारा खोसिएको छ ।
स्वदेशमा रोजगारीको अवस्था नहुँदा दिनानु दिन अकालमा ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको अवस्थामा निकायले ध्यान केन्द्रित गर्न जरुरी देखिन्छ ।