२०८१ माघ ५ गते आइतवार

मोटरसाइकल दुर्घटनामा परी जर्मन नागरिकको मृत्यु



जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरका अनुसार बिहीबार साँझ अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभीरमा मोटरसाइकल दुर्घटनामा परी जर्मन नागरिकको मृत्यु भएको हो एच पी ६६ ए ३०५९ विदेशी नम्बर प्लेटको मोटरसाइकल ढुंगामा ठोक्किएर जर्मन नागरिक म्यानफ्रेड ब्रिमर सडकबाट अन्दाजी ५० मिटर तल खसेको डिएसपी कुँवरले बताए।
बिहीबार साँझ ६ बजे दुर्घटना भएको उक्त खबरपाएपछि विपदको टोलीसँगै नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको थियो।उक्त टोलीले मध्यराति करिब १२ ब्रिमरको उद्धार गर्दा नै उनको मृत्यु भइसकेको उनले बताए।

उनले ब्रिमरसहित १५ जना विदेशीको टोली मोटरसाइकल राइडमा आएका थिए। ११ जना जर्मन र ४ जना स्पेनका नागरिक हुन्।उनीहरू कहिलेदेखि राइडमा आएका थिए भन्ने नखुले पनि मुस्ताङ घुम्न जाने क्रममा दुर्घटना भएको डिएसपी कुँवरले जानकारी दिए।

मृतक शव बेनी अस्पतालमा राखिएको छ। शव पोष्‍टमर्टमको लागि काठमाडौंस्थित टिचिङ अस्पताल पठाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार