२०८१ माघ ५ गते आइतवार

जाजरकोटमा शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पले ३७ जनाको मृत्यु



बालकुमार शर्मा 

जाजरकोट

 जाजरकोटमा शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म कम्तीमा ३७ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल जाजरकोटमा ३७ जनाको शव जिल्ला अस्पतालमा संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा पनि केहीको मृत्यु भएको र विवरण एकिन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

बाह्रेकोट र कुसे गाउँपालिकाकाको सिमाना हानिसल्ला लेक क्षेत्रमा केन्द्रविन्दु भएर राती ११ः४७ बजे गएको भूकम्पले सदरमुकामसहित जिल्लाका विभिन्न क्षेत्रमा नोक्सानी पुर्याएको हो । सदरमुकामका धेरै घर र सम्पदा भत्काएको छ

बताएको छ । 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार