२०८३ बैशाख १६ गते बिहिवार

जाजरकोटमा शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पले ३७ जनाको मृत्यु



बालकुमार शर्मा 

जाजरकोट

 जाजरकोटमा शुक्रबार मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म कम्तीमा ३७ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल जाजरकोटमा ३७ जनाको शव जिल्ला अस्पतालमा संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा पनि केहीको मृत्यु भएको र विवरण एकिन गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

बाह्रेकोट र कुसे गाउँपालिकाकाको सिमाना हानिसल्ला लेक क्षेत्रमा केन्द्रविन्दु भएर राती ११ः४७ बजे गएको भूकम्पले सदरमुकामसहित जिल्लाका विभिन्न क्षेत्रमा नोक्सानी पुर्याएको हो । सदरमुकामका धेरै घर र सम्पदा भत्काएको छ

बताएको छ । 

प्रकाशित मिति : २०८० कार्तिक १८ गते शनिवार