कालीगण्डकीमा डुबेका आफ्ना छोरा बचाउन नदीमा हामफाल्दा घाइते भएकी पर्वत विहादी गाउँपालिका ६ गब्राङकी २५ वर्षकी रीतु भट्टराईको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार विहान साढे ९ बजे स्याङ्जाको गल्याङ ७ सेतीवेणीमा शिला दर्शन गर्ने क्रममा भट्टराईका ४ वर्षका छोरा रियान्स कालीगण्डकी नदीमा खसेका थिए । छोरा बचाउन नदीमा हामफालेकी रीतु गम्भीर घाइते भएकी थिइन् । प्रहरीले कालीगण्डकी नदीबाट आमाछोराको जीवितै उद्दार गरेको थियो ।
उनीहरुलाई उपचारका लागि मिर्मिको कालीगण्डकी अस्पताल पठाइएको थियो । तर डाक्टरले रीतुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावलसिंह थापाले जानकारी दिए । ४ बालक रियान्सलाई भने थप उपचारका लागि पाल्पाको मिमन अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार