२०८२ बैशाख ५ गते शनिवार

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु १९ जना घाइते



डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १९ जना घाइते भएका छन्। भिमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ घोरडी स्थित सुपप्र ०१००२ त ६७२३ नम्बरको ट्याक्टर गएराती ८ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले २४/२५ जना मजदुर बोकेर जोरायल गाउँपालिका–१ घोरडी देखि खटेना जाँदै गरेको बेला ट्याक्टर दुर्घटना भएको जानकारी दिनु्भयो ।
दुर्घटनामा परि १८ वर्षका सालिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको र घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
घाइतेलाई उपचारका लागि धनगढी पठाएको छ । दुर्घटनाबारे अनुसन्धान भैइरहेको प्रहरीले बताएको छ

प्रकाशित मिति : २०८० कार्तिक १६ गते बिहिवार