११ कात्तिक
रुकुम पश्चिममा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सानीभेरी गाउँपालिका ६ छहरा गाउँ निवासी ३५ वर्षिया धनसरी केसी (देवकोटा) रहेको सानिभेरी ६ का वडाअध्यक्ष पहलसिंह घर्तिले जानकारी दिनुभएको छ । आज शनिबार विहान घरदेखी नजिकै रहेको छहरा जंगलमा घाँस काट्न गएकी देबकोटाको छहरे भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको वडाअध्यक्ष घर्तिले बताउनुभयो ।घाँस काट्ने क्रममा उहा भिरबाट करिब चार सय मिटर तल खसेको बताइएको छ । वडाअध्यक्ष घर्तिका अनुसार अहिले महिलाको शव घरमा राखिएको र मृतकका छोरा बैदेशिक रोजगारीमा जाने क्रममा काठमाडौमै रहेकाले उहाँ आएपछी भोली मात्रै दाहसंस्कार गरिने भएको छ । यता जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताउनुभएको छ ।
प्रकाशित मिति : २०८० कार्तिक ११ गते शनिवार