
दाङकाे बबई गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एकजना बृद्ध घाईते हुनुभएको छ। वडा नम्बर ६ कटकुईयामा स्थानिय २१ बर्षका राज राेकाले चलाएको रा २ प ९५४३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा बाटोमा हिडिरहेका ७१ वर्षिय बृद्ध इन्द्र बहादुर डाँगी घाइते हुनुभएकाे इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजय जंग थापाले जानकारी दिनुभएकाे छ।
माेटसाईकल चालक राेकाले मदिरा सेवन गरेर माेटरसाईकल चलाएका कारण दुर्घटना भएको प्रहरीकाे भनाई छ। घाईते डाँगीलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुर पठाईएकाे छ। दुर्घटना पश्चात फरार रहेका माेटरसाईकल चालक राेकाकाे परिवारलाई खबर गरिएको र खाेजिकार्य भैरहेको प्रहरीकाे भनाइ छ । दुर्घटनामा परेकाे माेटरसाईकल भने प्रहरीले नियन्त्रणमा लिएकाे छ।
प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार