कृष्णनगर, असोज ४ ।दशैलाई मध्यनजर गर्दै कपिलवस्तु जिल्लाभरि शान्ति सुरक्षा दिन प्रहरी दिन-रात एक गरेर लागेको छ।
कृष्णनगर क्षेत्रमा समेत शान्ति सुव्यवस्था कायम गर्न सुरक्षाकर्मी आहोरात्र खटेका छन्। मूर्ति व्यवस्थापन समितिको समान्वयमा कृष्णनगर क्षेत्रका मूर्तीहरु मंगलवार तथा भारत बढ्नीको मूर्ति हरु समेत सोही दिन विसर्जन गर्ने जानकारी गराइएको छ।
आइतवार देखि मंगलवार ७ गते सम्म जिल्लाभरी मदिरा बिक्री वितरण ओसारपसार रोक समेत लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।
यहि असोज मंगलवारका दिन कृष्णनगर र भारत बढ्नीको समेत मूर्ति मंगलवार नै विसर्जन हुने भएकाले शान्ति सुरक्षा मजबुत बनाउन सिमानाकामा कडाई गरिने भएकाले यात्रुहरु सोमवार सम्म नै आ- आफ्नो गन्तव्यमा जान प्रशासनले अनुरोध गरेको छ।
प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार