विनोद मण्डल, कार्तिक ४ । सिरहाको धनगढीमाई नगरपालिका वडा नं १३ स्थित डावर खेल मैदानको परिसरमा आयोजित दशैं, तिहार तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
पूर्व मन्त्री लिला नाथ श्रेष्ठको प्रमुख आथित्यमा आयोजित कार्यक्रममा अतिथिहरु धनगढीमाईका मेयर शिवशंकर महतो, गोलबजारका मेयर श्याम श्रेष्ठ, सिरहाका मेयर डाक्टर नवीन यादव , नेताहरु चण्देश्वर मण्डल ,रामकुमार शाह , मनिता योञ्जन , दिलीप लामा , राजेन्द्र यादव , श्रवण ठकुरी लगायतको नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा शुभकामना आदानप्रदान गरिएको हो ।
स्थानिय डावर खेल मैदानको दक्षिणपट्टि रहेको स्टेजमा राष्ट्रिय युवा संघ जिल्ला कार्यसमिति सिरहाको आयोजनामा आयोजित कार्यक्रममा एक दिवसीय फुटबल खेल प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।
राष्ट्रिय युवा संघ सिराहा अध्यक्ष दिनेश यादबको अध्यक्षतामा भएको कार्यक्रममा अथिती सबैलाई गम्छा ओढाएर स्वागत गरिएको थियो ।
नेतृ शोभा बरालको उद्घोषणमा संचालित कार्यक्रममा राष्ट्रिय गान गाएर र ज्ञात अज्ञात वीर सहिदप्रति सम्झना गर्दै धनगढीमाईका मेयर शिवशंकर महतोले डावर खेल मैदानको बीचमा पुगेर एक दिवसीय खेलमा सहभागी स्थानिय डावरका र गोलबजारका खेलाडीहरुलाई टिका लगाएर हातमा फुटबल प्रदान गर्दै मेयर शिवशंकर महतोले खेलको उद्दघाटन गर्नु भएको थियो ।
स्थानिय डावर र गोलबजार बीच भएको मैत्रीपूर्ण खेलको समापन पछि लागु औषध विरुद्धको सचेतनामुलक सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।
अत्यन्त मनोरम वातावरणमा भएको कार्यक्रममा सहभागी खेलाडीहरुलाई राष्ट्रिय युवा संघले सम्मान गर्दै कार्यक्रमको समापन गरेको हो ।
ने. क. पा. पार्टी एमालेका राष्ट्रिय युवा संघ द्वारा आयोजित विजया दशमिको शुभामना आदान – प्रदान कार्यक्रममा सहभागि हुने क्रमका केही दृश्य हरु।