२०८१ माघ ५ गते आइतवार

सामुदायिक वनको साधारण सभा सम्पन्न



विनोद मण्डल,कार्तिक २ । लुम्बिनी प्रदेशको दाङमा रायपानी सामुदायिक वनको साधारण सभा भब्यतापूर्वक सम्पन्न भएको छ ।

नवराज खड्काको अध्यक्षतामा आयोजित उक्त सामुदायिक वनको 27 औ साधारणसभामा सव वन डिभिजन कार्यालय तुलसीपुरका वनरक्षक कुल बहादुर रेउलेकाे प्रमुख आतिथ्य तथा अस्थाई प्रहरी चाैकी गाेठिखाेलाका ईन्चार्ज भरतनाथ याेगीकाे विशिष्ट आथित्यमा आयोजित कार्यक्रममा स्थानिय बुद्धिजीवी , विभिन्न सरोकारवाला निकायहरु ,स्थानिय जनप्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा सामुदायिक वनको महत्त्वका बारेमा व्यापक चर्चा गरिएको थियो ।

सभामा वनबाट भएको वर्षभरिको उपलब्धिको सार्वजनिकीकरण गरिएको थियो ।

प्रकाशित मिति : २०८० कार्तिक २ गते बिहिवार