२०८१ जेष्ठ १ गते मङ्गलवार

रुकुम पश्चिमको मुसिकोट नगरपालिका एक होटेलमा मृत फेला परेकी महिलाको घाँटी रेटेर हत्या



रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगाको एक होटेलमा मृत फेला परेकी महिलाको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार साँझ तालिमप्राप्त कुकुर सहितको प्रहरी टोली आएपछि मुचुल्का बनाएर शव उठाइएको थियो । त्यसक्रममा महिलाको घाँटी रेटेर हत्या गरिएको फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।

कुकुर सहितको टोली आउने भएपछि मंगलबार दिनभर शव चलाइएको थिएन् । ‘घाँटी रेटेर हत्या गरेको देखिएको छ, प्रहरी निरीक्षक खड्काले भन्नुभयो–घाँटीको अधिकांश भाग रेटिएको छ ।’ शरीरका अन्य कुनै भागमा भने चोट नदेखिएको उहाँको भनाई छ । प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक नै देखिएको प्रहरीले जनाएको छ । ‘ठूलो पैसाको कारोबार देखिन्छ, प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक नै देखिन्छ, प्रहरी निरीक्षक खड्काले भन्नुभयो ।’

थप अनुसन्धान चलिरहेको र अनुसन्धान निष्कर्षमा पुगेपछि आरोपिलाई आजै सार्वजनिक गर्ने प्रहरीको तयारी छ । मुसिकोट नगरपालिका वडा नम्बर १ छिङ माइती भएकी वडा नम्बर ७ की २८ वर्षीया भावना विकको शव मंगलबार बिहान खलंगास्थित होटेल सत्कारको कोठा नम्बर १ मा मृत फेला परेकि थिईन

प्रकाशित मिति : २०८० कार्तिक १ गते बुधवार